शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री खाण

आइतबार, १७ साउन २०७८, १८ : ४७
आइतबार, १७ साउन २०७८

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवन रक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनुपर्ने, बाढीपहिरोले क्षति पुर्याएको सडक आवागमन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा निर्देशन दिइएको छ । 

बाढीपहिरोले क्षति पुर्याएको सडक पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिनुपर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री खाणले बताए । बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप