शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयले बनायो दार्चुला घटना छानबिनका लागि समिति

आइतबार, १७ साउन २०७८, १८ : २१
आइतबार, १७ साउन २०७८

तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप