शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘लव सर्कल’ को फष्टलुक

आइतबार, १७ साउन २०७८, १७ : ४२
आइतबार, १७ साउन २०७८

थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘लव सर्कल’ को फष्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा कलाकार नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेतलगायत अटाएका छन् । गत वर्षको लकडाउन पछि छायाँकन गरिएको फिल्म ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । कमेडी र सस्पेन्स बिषयबस्तु समेत रहेको फिल्म डिजिटल प्लेट फर्ममा रिलिज गर्ने लक्ष्य निर्माण युनिटले राखेको छ । फिल्मका निर्देशक वसन्त निरौला हुन् ।

नाजिर, मुकुन, पवित्रा रविन्द्रको अलवा सुमन कोइरालाको समेत अभिनय रहेको फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायाँकन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।
२९ साउनबाट फिल्म डिश होमबाट रिलिज हुने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप