शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीलाई एकतावद्ध बनाउने एमाले बैठकको निर्णय

आइतबार, १७ साउन २०७८, १७ : ३७
आइतबार, १७ साउन २०७८

नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने भएको छ ।  आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे । 

‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलको भनाई छ ।  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप