बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी

आइतबार, १७ साउन २०७८, १७ : २५
आइतबार, १७ साउन २०७८

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।

तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

युवा संघले यस विषयमा सरकार मौन बसेको बताउँदै तत्काल दोषीलाई कारवाही नगरिए आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप