अर्घाखाँची जिल्लामा प्रवेश गर्न पास चाहिने
कोरोना संक्रमणदर फेरि बढ्दै गएपछि अर्घाखाँची जिल्लामा कडाइ गरिएको छ । अर्घाखाँचीमा साउन ३० गतेसम्म जारी निषेधाज्ञाको अवधिमा जिल्लाभित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी चल्न पाउने छैनन् ।
यसैगरी अत्यावश्यक कामको लागि बाहिरी जिल्लाबाट अर्घाखाँची आउनुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर जानुपर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जारी गरेको सूचनामा परीक्षाथीहरुलाई भने परीक्षा केन्द्रसम्म पुग्न सवारी पास आवश्यक नपर्ने उल्लेख छ।
लोक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय , राष्ट्रिय परीक्षा बोर्ड र सिटीभिटीका विद्यार्थीलाई प्रवेश पत्र तथा परिचय पत्रको आधारमा सहजीकरण गरिने भएको हो । अर्घाखाँची जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमण दर वृद्धि भएको जनस्वास्थ कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण