२ हजार ५६८ जना संक्रमित थपिए, २ हजार बढी संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा, ६७७ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ४० लाख ६४ हजार २८८ जनाले पहिलो मात्रा र १८ लाख १३ हजार ४७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण