एमाले बैठक : माधव पक्ष गएन, वामदेव सहभागी
आइतबार, १७ साउन २०७८, १६ : २०
नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।
शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै आइतबारसम्मलाई स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् ।
आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपनि त्यसबाहेक माधव समूहका नेतामाथिको कारवाहीबारे समेत छलफल हुने ओली पक्षका नेताहरुको भनाइ छ ।
यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण