शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठक : माधव पक्ष गएन, वामदेव सहभागी

आइतबार, १७ साउन २०७८, १६ : २०
आइतबार, १७ साउन २०७८

नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।

शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै आइतबारसम्मलाई स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् । 

आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपनि त्यसबाहेक माधव समूहका नेतामाथिको कारवाहीबारे समेत छलफल हुने ओली पक्षका नेताहरुको भनाइ छ । 

यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा रोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप