शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

आइतबार, १७ साउन २०७८, १६ : १२
आइतबार, १७ साउन २०७८

आइतबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.२५ अंकले बढेर ३ हजार ८१.०५ विन्दुमा पुगेको हो । 

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत १.२४ अंकले बढेर ५७२.१५ विन्दुमा पुगेको छ । यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु ऋणात्मक भएका छन् भने, व्यापार, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, लगानी लगायतका क्षेत्रहरु धनात्मक भएका छन् । 

साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन कुल २२६ कम्पनीका ३ करोड ३ लाख कित्ता माथिको सेयर १ लाख १७ हजार भन्दा बढि पटक बजारमा किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाखको कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप