म्याद गुज्रेका सामानमा नयाँ मिति राख्दै बेच्दै
काठमाडौँको गोदाममा प्रहरीको छापा, दुईजना पक्राउ, तस्बिरहरु हेर्नुहोस्
आइतबार, १७ साउन २०७८, १५ : ५३
म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन् ।

विशेष सूचनाका आधारमा अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौँ सानो भर्याङस्थित गोदाममा छापा मारेको थियो । गोदामबाट टोलीले एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ ।
बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, सरसफाइका सामग्री आदि रहेका छन् । म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको छ । टोलीले गोदामलाई सील गरेको छ ।
हेर्नुहोस् तस्विर :

























तस्बिरहरु सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण