म्याद गुज्रेका सामानमा नयाँ मिति राख्दै बेच्दै
काठमाडौँको गोदाममा प्रहरीको छापा, दुईजना पक्राउ, तस्बिरहरु हेर्नुहोस्
आइतबार, १७ साउन २०७८, १५ : ५३
म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन् ।
विशेष सूचनाका आधारमा अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौँ सानो भर्याङस्थित गोदाममा छापा मारेको थियो । गोदामबाट टोलीले एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ ।
बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, सरसफाइका सामग्री आदि रहेका छन् । म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको छ । टोलीले गोदामलाई सील गरेको छ ।
हेर्नुहोस् तस्विर :
तस्बिरहरु सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा