शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जम्मू–कश्मिरमा ‘देशद्रोही’ गतिविधिमा लाग्ने र ढुंगामुढा गर्ने युवाले राहदानी र सरकारी जागिर नपाउने

आइतबार, १७ साउन २०७८, १५ : १९
आइतबार, १७ साउन २०७८

नयाँ दिल्ली । भारत अधिनस्थ जम्मू र कश्मिरमा ‘देशद्रोही’ गतिविधिमा लागेका युवालाई राहदानी तथा सरकारी जागिरबाट वञ्चित गर्नेगरी आदेश जारी गरिएको छ । स्थानीय सरकारले ढुङ्गामुढासहितका गतिविधिमा संलग्न युवाहरुलाई लक्षित गर्दै यस्तो कदम चालेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई राज्य र राष्ट्रको सुरक्षामा खतरा सिर्जना गरेको अभियोगमा सरकारी जागिर तथा विदेश जानबाटसमेत वञ्चित गर्नेगरी आदेश जारी गरिएको हो ।

जम्मू–कश्मिर सरकारले आइतबार ‘देशद्रोही’ तथा ढुंगामुढा गर्ने गतिविधिमा संलग्न भएकाहरुलाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो आदेश जारी गरेको बताइन्छ । शीर्ष सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाइएअनुसार सुरक्षा निकायबाट कुनै पनि व्यक्तिको रिपोर्ट तयार पार्ने क्रममा सम्बन्धित व्यक्ति कुनै प्रकारको ढुंगामुढा, राज्य वा राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने कुनै प्रकारको गतिविधिमा संलग्न भए–नभएको तथा कानुन व्यवस्था भङ्ग गर्ने गतिविधिमा लागे–नलागेको जस्ता विषयलाई ध्यानमा राखिने छ ।

त्यस्तो गतिविधिमा लागेको व्यक्तिले राहदानीका लागि सिफारिस वा सरकारी सेवाका लागि स्वीकृति नपाउने भएको हो । यसका लागि स्थानीय सुरक्षा निकायले डिजिटल साक्ष्य तथा प्रहरीको रेकर्ड हेरेरमात्र सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप