कोभिड खोप दिन लागेकोमा भुटानलाई सांसदको धन्यवाद

person explore access_timeसाउन १७, २०७८ chat_bubble_outline0

भुटानले नेपाललाई कोभिड विरूद्धको भ्याक्सिन दिने खबर आएको भन्दै काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले धन्यवाद दिएका छन् ।  आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भुटानले नेपाललाई ५ लाख डोज खोप दिन लागेको खबर मिडियामा आएको भन्दै यदि सो खबर ठीक हो भने भुटानलाई त्यसका लागि धन्यवाद दिने बताए ।

उनले सो खोप केही जेष्ठ नागरिकका लागि सहयोगी हुने आशा ब्यक्त गरे । साथै उनले नेपाल परराष्ट्र नीतिमा प्रष्ट हुनुपर्ने कुरामा जोड समेत दिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।