शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महाकालीमा जयसिंह धामीको मृत्युबारे छानविन गर्न सांसदको माग

आइतबार, १७ साउन २०७८, १५ : ०५
आइतबार, १७ साउन २०७८

महाकाली नदी पार गर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटेर जयसिंह धामीको मृत्यु भएको विषयमा छानबिन गर्न सांसद दीपक प्रकाश भट्टले माग गरे । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भारतीय सुरक्षाकर्मीले तुइनको गाँठो फुकाइदिएका कारण धामीको मृत्यु भएको उल्लेख गरे । उनले कुटनीतिक माध्यमबाट घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरे । 

उनले घटनास्थलको अनुसन्धान गर्न, सुरक्षाकर्मीहरूले, प्रशासनले के भनिरहेका छन् सत्य तथ्य कुरा बाहिर ल्याउन आग्रह गरे । उनले महाकाली नदीमा झोलुङ्गे तथा मोटरेबल पुल नभएका कारण तुइनबाट वारीपारी गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप