मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एटिएम तोडफोडमा संलग्न २ युवक पक्राउ

आइतबार, १७ साउन २०७८, १४ : ५३
आइतबार, १७ साउन २०७८

बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ मंलेरीका १८ बर्षीय सुवास बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल पक्राउ परेको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरेपनि पैसा झिक्न र लैजान भने नसकेको प्रहरीले जनाएको छ ।

त्यसपछि फरार रहँदै आएका उनीहरुलाई प्रहरीले साउन १६ गते घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप