दार्चुला घटनाको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा प्रर्दशन
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले शनिवार घोराहीमा विरोध प्रदर्शन गरेको छ।
साउन १५ गते शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका ३५ वर्षीय जयसिंह धामी भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका थिए ।
त्यसैको विरोधमा उक्त पार्टीले घोराहीमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले भारतिय साम्राज्यवादले नेपाल र नेपाली जनता माथिको ज्यादती असह्य रहेको बताए ।
उनले धामीका हत्यारालाई कारवाही गर्न र नेपाली जनताको शान्ती–सुरक्षाको ग्यारेन्टी गर्न सरकार थप जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख वक्ता समेत रहेका नेता शितलले वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि पार्टीले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने राजनीतिक कार्यनीति लिएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले संसदवादी दलहरु घटनाविरुद्ध चुइक्क बोल्न नसकेको तर्क गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष सम्झनाले वीरता र गौरबको प्रतीक भनेर चिनिने देशमाथि भारतको नांगो हस्तक्षेप अस्वीकार्य भएको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण