शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा डुंगा पल्टियो, बेपत्ता ४ मध्ये एकको शव फेला

आइतबार, १७ साउन २०७८, १४ : ३९
आइतबार, १७ साउन २०७८

कर्णाली नदीमा आइतबार डुंगा पल्टिएको छ । सुर्खेतको चौकुने  र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको छ । 

शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकीमा पठाईएको घटनास्थलमा रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले रातोपाटीलाई जानकारी दिए । 

कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउने क्रममा डुंगा पल्टिएको उनले बताए । उनले भने, ‘विजौरामा आइतबार खोप लगाउने कार्यक्रम थियो । उनीहरु आफ्ना बच्चालाई नियमित खोप लगाउन  विजौरा आउन लागेका थिए ।’ 

उनका अनुसार बेपत्ता भएका व्यक्तिहरुको प्रहरी र स्थानीयद्वारा खोजी कार्य जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप