पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
आइतबार, १७ साउन २०७८, १३ : ५६

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० : ०० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
“सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ”, उनले भने, “आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।” राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्ज आउने र सुर्खेतबाट जुम्ला जाने मालबाहक सामान बोकेका ट्रक तथा यात्रु बोकेका सवारी साधन अलपत्र परेका स्थानीयवासी स्थानीय राजबहादुर मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू
-
२ साताभित्र ‘रियल टाइम बक्सअफिस’ सुरु हुने
-
पदाधिकारी बैठकमा देउवा : गभर्नर चाँडै नियुक्ति हुन्छ
-
पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग
-
पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले
-
आतंकवादको खिलाफमा हुने कारबाही जायज : नेपाली कांग्रेस