किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंकले गर्यो डीभी एक्सिलससँग सहकार्य
काठमाडौं । किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंकले डी.भी. एक्सिलस (Kheti App)सँग सहकार्य गरेको छ । उक्त सहकार्य पश्चात बैंकले खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मेशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तीय पहु‘च प्रदान गर्ने छ ।
यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान गर्न नबिल बैंक एक प्रमुख बैंकको रुपमा अगाडी बढेको बैंकले जनाएको छ । यसैगरी, किसानहरूले डी.भी. एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चितताबाट लाभ लिन सक्ने पनि बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक देवेश प्रधान बीच हस्ताक्षर भएको छ ।
सो अवसरमा बैंकका सीईओ शाहले नबिल बैंकले कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्ने जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदानको क्षेत्र भएको बताए । यस सहकार्यद्वारा कृषकहरूको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउँदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहु‘च पुर्याउने अभियानमा साथ दिने बताए ।
त्यस्तै, डी.भी.एक्सिलसका निर्देशक प्रधानले एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपको माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको बताए । यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरुलाई सहजै वित्तीय पहुँच प्रदान गर्नु रहेको बताए ।
यस साझेदारीस‘गै, नबिल बैंकले बैंकिङ्ग क्षेत्रमा कृषिमा लगानी विस्तारको भिन्न प्रयोग गरि कृषकहरुलाई उचित वित्तीय अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण