ओखलढुंगामा कोरोनाबाट थप दुईजनाको मृत्यु
ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र नगरपालिका ११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु भएका सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्धको गत साउन १४ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनमा स्वासप्रस्वासमा समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आइतबार बिहान उनको मृत्यु भएको स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ ।
त्यस्तै सिद्धिचरण नगरपालिका ११ का ७० वर्षीय वृद्धमा पनि गत साउन ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएकोमा उनको पनि साउन १६ गते अर्थात हिजो ज्यान गएको हो । उनीहरु दुबै जनामा अन्य स्वास्थ्य समस्यासँगै अक्सिजन लेबल र स्वासप्रस्वासमा समेत समस्या देखिएकाले ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनको कुल संख्या ११ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा