प्रचण्ड–नेपाल भेटवार्ता : सरकारमा सहभागिताबारे छलफल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला प्रचण्ड र नेता नेपालबीच आइतबार बिहान भेटवार्ता भएको प्रचण्ड निकट स्रोतले बतायो ।
प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् ।
भेटवार्तामा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिएको बुझिएको छ । प्रधानमन्त्री देउवाले पनि एमालेको माधव पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । तर नेता नेपालले पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने पक्षमा छन् । यद्यपी प्रधानमन्त्री देउवालाई साउन ३ गते विश्वासको मत दिएका कतिपय सांसदहरु सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण