शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१ अर्ब ४० करोड लागतमा राजधानीमा सुविधासम्पन्न होटल खुल्दै

आइतबार, १७ साउन २०७८, १२ : ००
आइतबार, १७ साउन २०७८

काठमाडौंमा एक सुविधा सम्पन्न स्टार होटल खुल्ने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिको करिब साढे १ अर्ब रुपैयाँ बराबरको लगानीमा मेरियट इन्टरनेसनलले काठमाडौंको कमलादीमा ‘मोक्सी काठमाडौं होटल’ खोल्ने भएको हो । 

होटल सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी साझेदार कम्पनी मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको बताइएको छ ।

काठमाडौंको कमलादीमा बन्ने उक्त होटल कति स्टारमा बन्ने भन्ने अहिले नै एकिन नभएतापनि होटलमा सुविधासम्पन्न १०८ कोठाहरू रहने र आकर्षक गार्डेनसहित बार, फिटनेस सेन्टर तथा स्मीङ्ग पुलको समेत सुविधा हुने बताइएको छ । 

विशेष गरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकाले मोक्सी होटल अन्य परम्परागत होटलहरु भन्दा फरक र ह्यापेनिङ हुने कम्पनीको भनाइ छ । 

होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ भने, फिटनेस सेन्टर, आउटडोर पुलको समेत सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यो इन्टरनेशनल हिमालय हस्पिटालिटीका र मेरियट इन्टरनेसनल बीचको सहकार्यमा बन्ने तेस्रो होटल हो  । यसअघि दुई वटा ठूला स्टार होटलहरु खुलिसकेका छन् ।  

मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउन पाउदा खुशी व्यक्त गर्दै मेरियट इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले आफुहरु इन्टरनेशनल हिमालय हस्पिट्यालिटिसँगको सहकार्यमा काम गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप