बालआश्रम र स्कुललाई खाद्यान्नसहित शैक्षिक सामाग्री हस्तान्तरण
लायन्स क्लब अफ काठमाडौंले काठमाडौँको बानेश्वर स्थित नयाँ नेपाल समाज केन्द्र बालआश्रम र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई आवश्यक खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै क्लबले समाज केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, थर्मस लगायतका सामग्री सहयोग गरेको छ भने, लमजुङको राइनास नगरपालिका–८ स्थित पीपलटारीमा रहेको अमरज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष लबेन्द्रसिंह मल्लले अभिभावकविहीन भएका बालबालिकाको उज्ज्वल भविष्यका लागि बालआश्रमले खेलेको भूमिका सराहनीय रहेको बताए ।
क्लबका उपाध्यक्ष अखिल अग्रवालले लायन्स क्बलले सबै संस्थामार्फत सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । लायन्स क्बल डिस्ट्रिकको चिफ एडभाइजर भीम पौडेलले सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विसं २०६४ मा स्थापना भएको बालआश्रमले शुरुमा आमाबाबु नभएका १३ बालबालिकालाई सेवा प्रदान गरेको थियो भने अहिले सो आश्रममा ५५ बालबालिकाहरुलाई आश्रय दिइरहेको नयाँ नेपाल समाज केन्द्रले जनाएको छ ।
एक दशकपहिले काठमाडौँमा स्थापना भएको उक्त लायन्स क्लबले गत वर्ष कोरोना को शुरुआती चरणमा २०० सिलिन्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरी निःशुल्क समाज सेवा गर्दै आएको थियो ।
क्लबले कोरोनाको दोस्रो चरणमा काठमांडू को रबीभवनमा डाक्टर रोशन झासँगको सहकार्यमा ‘जे एन्ड जे कोभिड क्लिनिक’ स्थापना गरी गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना उपचारको व्यवस्था समेत मिलाएको क्लबका मीडिया चेयरपर्सन एवम् जनसम्बन्ध अधिकारी विवेक शर्माले जानकारी दिए । थप क्लबले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिइरहने मिडिया चेयरपर्सन शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार