डेल्टा भेरियन्टको संक्रमण रोक्न चीनमा कडा मापदण्ड अबलम्बन
चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको अधिकारीहरुले जनाएका छन् । यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको छ ।
जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो फेब्रुअरीदेखि जुनसम्मको अवधिमा भेटिएका संक्रमितको संख्या बराबरजस्तै हो ।
‘अहिले फैलिरहेको डेल्टा भेरिएन्ट हो । यसले भाइरसको रोकथाम र नियन्त्रणमा ठूलो चुनौती खडा गरेको छ,’ राष्ट्रिय स्वास्थ कमिसन (एनएचसी) का प्रवक्ता मि फेन्गले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।
यसअघि शनिबार मात्रै विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले डेल्टा भेरियन्टको नियन्त्रणका लागि विश्वभरका सरकारहरुलाई सजग रहन आग्रह गरेको थियो । अन्यथा, यो भयावह बन्नसक्ने खतरा पनि डब्ल्युएचओले औल्याएको थियो ।
भारतमा पहिलोपटक देखिएको डेल्टा भेरियन्ट अहिले विश्वका १ सय ३२ देशमा फैलिसकेको छ । ‘डेल्टाले खतराको घण्टी बजाइरहेको छ । यसले भाइरस परिवर्तित भइरहेको संकेत गर्छ र यो नै ठोस कदम चाल्नुपर्ने समय पनि हो । अन्यथा भाइरस भयावह रुपमा फैलनसक्छ,’ डब्ल्युएचओका इमर्जेन्सिज डाइरेक्टर माइकल रायनले पत्रकार सम्मेलनमा भनेका थिए ।
नान्जिङ क्लस्टर
सुरुवातमा कोरोना भाइरसको रोकथाममा चीन सफल देखिएको थियो । त्यसयता, धेरै महिनापछि अहिले फेरि चिनियाँ सीमाभित्र स्थानीयस्तरमा भाइरसको संक्रमण देखिएको हो । देशभर देखिएका कुल संक्रमणमध्ये २ सय ६० जना संक्रमित पूर्वी जियान्सु प्रान्तस्थित नान्जिङ शहर आसपासका छन् । यहाँ २० जुलाईमा विमानस्थलमा काम गर्ने नौ जना सरसफाई कर्मचारीहरुमा संक्रमण देखिएको थियो ।
नान्जिङको कुल ९२ लाख जनसंख्याले दुईपटक कोरोना परीक्षण गरिसकेको छ । तर, संक्रमणको भय देखिएपनि फेरि यो प्रान्तका धेरै इलाका र त्यसमा बस्ने हजारौं मानिस लकडाउनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि