मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला

आइतबार, १७ साउन २०७८, ११ : १९
आइतबार, १७ साउन २०७८

अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ  । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो । 

विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ । 

शनिबार राति भएको हमलामा कसैेले ज्यान गुमाएको समाचार भने बाहिरिएको छैन । हमलापछि सबै उडान रद्द गरिएको छ । तालिवानले हमला गरिरहेको हुनसक्ने आशंका गरिएको छ । किनकी, तालिवानी लडाकुहरुले हेरात, लस्कर गाह र कन्दहरलाई चारैतर्फबाट घेरा हालेका बेला यो आक्रमण भएको छ । कन्दहरमा अहिले अफगान सुरक्षा बल र तालिवानबीचको लडाँइ जारी छ । 

कन्दहर अफगानिस्तानको दोस्रो ठूलो शहर हो । अफगानिस्तानको सेनालाई हतियार रासन पाउनका लागि पनि यस हवाई अड्डाको उपयोग हुन्छ । 

त्यहीकारण यस विमानस्थललाई कब्जामा लिएर अफगानी सेनालाई मिल्ने मद्दतलाई रोक्ने तालिवानको योजना थियो । पछिल्ला दुई–तीन सातादेखि अफगानिस्तानले यस इलाकामा हमला बढाएको छ । 

अफगानिस्तान नेशनल डिफेन्स सेक्युरिटिज फोर्सेजले अमेरिकी सेनाको सहयोग लिदैं तालिवानको कब्जामा रहेका कतिपय गाउँहरु खालि गराइसकेको छ । 

कन्दहरमा अवस्था के छ ?
यहाँ तालिवानका लडाकु घुसिसकेका छन् र सुरक्षा बलसँग लगातार लडाँइ चलिरहेको छ । युद्धका कारण अहिलेसम्म हजारौं मानिस बिस्थापित भइसकेका छन् । यी मानिसहरुले पाकिस्तान र इरानमा शरण लिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप