मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माधवको प्रस्ताव बोकेर बालकोट पुगेका पाण्डे र रावल निराश

हुँदै नहुने भएपछि त अघि बढ्नुको विकल्प पनि रहँदैन : नेम्वाङ
आइतबार, १७ साउन २०७८, १४ : ००
आइतबार, १७ साउन २०७८

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् ।

यिनै विषयमा छलफल गर्न शनिबार बोलाएको स्थायी समिति बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा आइतबारसम्म स्थगित गरिएको थियो । विघटित कार्यदलका सदस्यहरूको शनिबार बिहान बसेको बैठकले स्थायी समिति बैठक स्थगित गरेर सहमति जुटाउन प्रयास गरेको थियो । सोही अनुसार माधव नेपाल पक्षका नेताहरू भीम रावल र सुरेन्द्र पाण्डेले शनिबार अपराह्न पहिला वरिष्ठ नेता नेपाल र त्यसपछि केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

रावल र पाण्डेसँगको भेटमा अध्यक्ष ओली र नेपाल दुवैले आफूले अघि सार्दै आएका अडान नछोड्ने बताएका थिए । नेता नेपालले ओलीसँग समान हैसियतमा मात्रै एकता हुने अडान अघि सार्दै आएका छन् भने ओली दोस्रो दिन तयार भए पनि समान हैसियत दिन तयार छैनन् ।

ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताका लागि शनिबारको स्थायी समिति बैठक आजसम्मलाई स्थगित गरिएको जानकारी दिए । ‘आम नेता कार्यकर्ताको चाहाना पार्टी एकताकै पक्षमा छ । त्यही भएर हामीले पहल र प्रयास गरेका हौ’, नेता नेम्वाङले भने, हुँदै नहुने भएपछि त अघि बढ्नुको विकल्प पनि रहँदैन ।’

नेताहरूका अनुसार अध्यक्ष ओलीले माधव नेपालबाहेकको पार्टी एकता र माधव नेपालले ओलीसमान हैसियत खोजेकाले एकता प्रक्रिया जटिल बन्दै गएको छ ।

‘ओली र नेपाल दुवैका प्रस्ट अडान छन् । नेता नेपाल पार्टीका सबै निर्णयमा आफू र ओलीको समान हैसियत हुनुपर्ने र त्यसका लागि दुवैको हस्ताक्षर अनिवार्य गर्ने सर्तमा मात्रै एकता गर्न चाहन्छन्, तर ओली त्यस कुरामा सहमत हुनुहुन्न’, एमालेका एक स्थायी समिति सदस्य भन्छन्, ‘यस्तो अवस्थामा परिवर्तन नआउँदासम्म एमाले एकता हुने सम्भावना कमजोर बन्दै गएको छ ।’

शनिबार नेता नेपाल र अध्यक्ष ओलीलाई भेटेर फर्किएका नेता सुरेन्द्र पाण्डेले परिस्थितिमा कुनै परिवर्तन नआएको बताए ।

‘परिस्थितिमा कुनै परिवर्तन आइसकेको छैन । यद्यपि हामीले दुवै नेतालाई भेटेर सहमतिका लागि जोड दिएका छौ’, पाण्डेले रातोपाटीसँग भने, ‘आज पनि कार्यदलका सदस्यहरुबीच छलफल गर्ने कि भन्ने छ, छलफल भइरहेकाले समय तय भैसकेको छैन ।’

दोस्रो तहका नेताहरूको एकता प्रयास कायमै रहेका बेला अध्यक्ष ओली र नेता नेपालले एकअर्काप्रति आरोप/प्रत्यारोप गर्न छाडेका छैनन् । शनिबार मात्रै अध्यक्ष ओलीले आफू पक्षीय कार्यकर्तालाई सम्बोधन गर्दै माधव नेपाललाई आन्दोलन विरोधी, देशद्रोही र अपराधी भन्दै उनलाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । त्यसै बेला वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीलाई फेरि पनि प्रधानमन्त्री बन्छु की भन्ने जालझेल र षडयन्त्रका तानावाना नबुन्न चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप