ओलम्पिकमा २१* स्वर्णसहित चीन अघि, जापान दोस्रो र अमेरिका तेस्रो स्थानमा
ओलम्पिक खेलकुदमा चीनले आफ्नो अग्रता शनिबार पनि कायमै राखेको छ । चीनले २१ स्वर्ण, १३ रजत र १२ कास्यसहित कुल ४६ पदक जितेको छ । आयोजक जापानले १७ स्वर्ण, ५ रजत र ८ कास्यसहित कुल ३० पदक जितेको छ ।
त्यसैगरी, अमेरिकाले १६ स्वर्ण, १७ रजत र १३ कास्यसहित कुल ४६ पदक जितेको छ । रसियन ओलम्पिक कमिटी (आरओसी) ले ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ३७ पदक जितेको छ । रुसले आफ्नो देशका नाममा प्रतिस्पर्धा गर्न नपाएपछि जारी ओलम्पिकमा रसियन ओलम्पिक कमिटीको ब्यानरमा प्रतिस्पर्धा गरिरहेको छ । ओलम्पिकमा १० स्वर्ण, ३ रजत र १४ कास्य जितेको अस्ट्रेलिया पाँचौ स्थानमा छ । त्यसैगरी ८ स्वर्ण, ९ रजत र ११ कास्य जितेको बेलायत छैटौं स्थानमा छ । दक्षिण कोरिया, फ्रान्स, नेदरल्यान्डस् र न्युजिल्यान्ड क्रमशः सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।
*यसअघि चीनकाे स्वर्ण पदककाे संख्यामा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)