प्रकाश सपुतको नयाँ गीत ‘जिन्दगी यस्तै रहेछ’ सार्वजनिक
शनिबार, १६ साउन २०७८, २१ : ११
गायक प्रकाश सपुतको नयाँ गीत ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सिन्चुरी र अजय कार्कीको स्वर रहेको छ । सिन्चुरी रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ३ को नकआउट चरणबाट बाहिरिएकी थिइन् ।
गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेको भिडियोमा प्रकाश सपूत र समीक्षा बस्नेत देखिएका छन् । लोक ब्याटल्समा आधारित गीतको म्युजिक भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ । यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ । एमएएस इन्टरटेनमेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी