प्रकाश मानव अधिकार पुरस्कार-२०७७ सामाजिक अभियन्ता चौधरीलाई
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा २७ औँ प्रकाश मानव अधिकार पुरस्कार-२०७७ कैलाली जिल्ला निवासी मानव अधिकार अभियान्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले धनगढीमा आयोजना गरेको कार्यक्रममा चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो ।
चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले सम्मानपत्र, ताम्रपत्र र नगद ५० हजार रुपियाँसहित इन्सेक चिन्ह प्रदान गरी पुरस्कृत गरिएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले समाज परिवर्तन र सामाजिक न्यायका लागि क्रियाशील व्यक्तित्वहरूई सम्मान गरेर इन्सेकले सरहानीय कार्य गर्दै आएको बताए ।
उनले संविधानमा उल्लेखित मौलिक हक र प्रदेशको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न बौद्धिक व्यक्तित्व तथा नागरिक समाजको सहयोग महत्वपुर्ण रहने बताए । उनले भने-‘समुदायमा व्याप्त कुरीति र विसङ्गति हटाउन इन्सेकले सचेतनामूलक कार्य गरी जिम्मेवार निकायलाई जबाफदेही बनाउने प्रयास गरिरहेको छ । प्रदेश सरकार पनि मानव अधिकारको प्रत्याभूति दिलाउन प्रयत्नरत छ । यसका लागि सबैको साझा प्रयास र सहयोगको अपेक्षा गर्दछु । ’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सामाजिक न्यायका लागि विभिन्न अभियानमा योगदान पुर्याएका तर राज्यले चिन्न नसकेका व्यक्तित्वलाई इन्सेकले सम्मान गरेर मानव अधिकार तथा सामाजिक अभियान्ताहरूलाई उत्प्रेरणा प्रदान गरी सामाजिक सदभाव, न्यायमैत्री समाज र दिगो शान्ति पुनःस्थापनामा सहयोग गरेको बताए ।
सामाजिक विकासमन्त्री लालबहादुर खड्काले विगतमा कमैया मुक्ति, कम्लहरी, दलित, महिला तथा विभिन्न वर्गको उत्थानका लागि विगतमा आन्दोलनहरू भएका भएपनि ती आन्दोलनबाट अधिकारको पूर्णता नभएको बताउँदै नागरिक अधिकार सुनिश्चित गर्न सामाजिक अभियान्ताहरूले अझै वकालत तथा अभियानहरू सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले स्वार्गीय प्रकाश काफ्लेलाई स्मरण गर्दै इन्सेकको स्थापना, प्राची प्रकाशन, राष्ट्रिय मानव अधिकार आयोगको स्थापना र मुलुकमा भएका विभिन्न सामाजिक आन्दोलनमा इन्सेकको भुमिका महत्वपुर्ण रहेको बताउँदै आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न राजनीतिक नेतृत्व र सामाजिक अभियान्ताहरूको योगदानलाई संस्थागत गर्न आवश्यक रहेको विचार राखे ।
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको रक्षा र विकास, मानव अधिकरको सचेतीकरण तथा जागरणमा महत्वपुर्ण योगदान पुर्याउनु भएको स्मरण गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ मा इजिप्टको मुख्य खम्बा मोहम्मद सलाह
-
नर्वेकी राजकुमारीका छोरा बलात्कार मुद्दामा दोषी ठहर, चार वर्षको जेल सजाय
-
२ लाख क्याप्सुल ट्रामाडोलसहित १३ जना पक्राउ
-
कर्णालीको बजेट इतिहास : १ अर्बदेखि ३६ अर्बसम्म
-
‘बिग–गेम प्लेयर’ ओयार्साबालको लोभलाग्दो लय
-
सेयर बजारमा १२.२६ अङ्कको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण