शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बारबरा फाउण्डेसनद्वारा कोभिड–१९ विशिष्ट सम्मान घोषणा

शनिबार, १६ साउन २०७८, २० : ५२
शनिबार, १६ साउन २०७८

बारबरा फाउण्डेशनले विश्वभर महामारीका रुपमा देखिएको कोभिडको पहिलो लहरमा यस क्षेत्रमा अग्रपंक्तिमा खटेर देश र जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको छ । पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्ति तथा संस्थालाई बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरिएको हो । 

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मानका लागि निर्णायक समितिमा प्रा.डा.भगवान कोइराला (अध्यक्ष, नेपाल मेडिकल काउन्सिल), डा. लोचन कार्की(अध्यक्ष, नेपाल चिकित्सक संघ), प्रा. मनकुमारी राई(अध्यक्ष, नेपाल नर्सिङ्ग संघ), दयालक्ष्मी वैद्य(एसोसियट प्रोफेसर, काठमाडाँै विश्वविद्यालय) तथा पूर्व–अध्यक्ष, नेपाल नर्सिङ्ग काउन्सिल तथा इ. कुलमान घिसिङ्ग (पूर्व कार्यकारी निर्देशक नेपाल विद्युत प्राधिकरण) रहेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप