निधि, कोइराला र सिंहबीच भेटवार्ता

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिने उनीहरूको भेटलाई कांग्रेस वृत्तमा अर्थ पूर्णरूपमा हेरिएको छ ।
नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र काँग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।
काँग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उनीहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आएका छन् । यसअघि पनि उनीहरूले एकअर्काको निवासमा पालैपालो भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी मूल्य नराखी बिक्री वितरण गरे वाणिज्य विभागले कारबाही गर्ने
-
चीनलाई लक्षित गर्दै दर्जनौँ संस्थामाथि अमेरिकाको प्रतिबन्ध
-
सर्लाहीको गेस्ट हाउसमा युवती मृत फेला
-
कुलमान बर्खास्तीको विरोधमा माओवादी निकट जनप्रगतिशिल मञ्चहरु
-
ओम प्रतिकको ‘मोअर’ साउनमा रिलिज हुने
-
नेपाल टेलिकमद्वारा एसईई अफर घोषणा, २० रुपैयाँमा सिमकार्ड