मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसाय सञ्चालन गर्नुको विकल्प छैन : अर्थमन्त्री बराल

शनिबार, १६ साउन २०७८, २० : ३१
शनिबार, १६ साउन २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले व्यवसाय संचालनको कुनै विकल्प नभएको बताएका छन् । उनले कोभिड १९ को संक्रमण बृद्धि भएको बहानामा पटक–पटक व्यावसाय बन्द गर्न नहुने बताउदै अब, स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरेर व्यवसाय संचालन गर्नुपर्ने बताएका हुन् । 

शनिबार पोखरामा फेवा पर्यटन विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले विगत दुई बर्ष देखि नेपाल सहित अन्य मुलुकमा कोरोनाले आक्रान्त पारेको बताउदै अब, व्यवसाय सञ्चालन ढिला गर्न नहुने बताए । ‘कोरोनाको प्रभाव अझै कति वर्ष रहन्छ, त्यसको बारेमा कसैलाई थाहा छैन, कोरोनाको प्रभाव धेरै वर्ष रहेमा हाम्रो अर्थतन्त्रको अवस्था कस्तो रहन्छ भन्नेमा हामीले आँकलन समेत गरेका छैनौं’ उनले भने, ‘कोरोनाका कारण देशको आर्थिक अवस्था भयावह हुने अवस्था आउनसक्छ, त्यसैले अहिलेबाट नै स्वास्थ्य मापदण्ड पालना गर्दै व्यावसाय सञ्चालनको दिशातर्फ अगाडि बढ्ने वातावरण निर्माणमा लाग्नुपर्छ ।’

मन्त्री बरालले आगामी दिनमा मानिस कोरोना संक्रमणसँगै रोग, भोक र ऋणले प्रभावित हुने अवस्था आउनसक्ने बताए । उनले कोरोनाले सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा पारेको बताउदै पर्यटनलाई पुनः उत्थान गर्न कोरोना बिरुद्धको खोप संघिय सरकारले तत्कालै उपलब्ध गराउनेतर्फ लाग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप