बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कर्णालीमा बढ्दै कोरोना : ७७ जना डिस्चार्ज हुँदा ८४ थपिए

शनिबार, १६ साउन २०७८, १९ : ५२
शनिबार, १६ साउन २०७८

कर्णालीमा पछिल्लो केही दिनदेखि लगातार कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको ग्राफ उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७७ जनाले कोरोना जितेर डिस्चार्ज हुँदा ८४ जना संक्रमित थपिएका छन् । असार महिना सुरु भएसँगै डिस्चार्ज हुनेको संख्या धेरै र संक्रमित थपिनेको संख्यामा कमी हुँदै आएको थियो ।  तर, निषेधाज्ञा खुकुलो पारेसँगै साउन महिनाको सुरुवात देखिनै डिस्चार्ज हुनेको संख्यामा कमी र संक्रमित थपिने क्रम बढ्दो छ । 
जस अन्तरगत शनिबार पनि संक्रमित बढेका छन् ।  शुक्रबार ७० जनामा कोरोना संक्रमण देखिएको प्रदेशमा शनिबार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ९४ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ५६ जना र १०२ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार २७४ पुगेको छ । शनिबार  सबैभन्दा बढी जुम्ला जिल्लामा २४ जनामा कोरोना देखिएको छ ।  यस्तै सुर्खेतमा २२, रुकुमपश्चिममा १७, मुगुमा ८, कालिकोटमा ५, हुम्लामा ३, दैलेखमा २ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार कोरोना देखिने मध्ये पुरुषभन्दा महिला धेरै रहेका छन् । शनिबार पुष्टि भएका संक्रमितमध्ये  ४१ प्रतिशत  महिला छन भने बाँकी पुरुष छन् ।  यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६८७ रहेको छन् । जुन शुक्रबारको तुलनामा बढी नै हो । यद्यपि, कर्णालीमा विगत दुई दिनदेखि कोरोना भाइरसको संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप