शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड खोप सबैलाई दिने घोषणा पूरा गर्न देउवालाई माधव नेपालको आग्रह

शनिबार, १६ साउन २०७८, १९ : १६
शनिबार, १६ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेपालीलाई खोप दिने घोषणा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह  गरेका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको भेलामा सम्बोधन गर्ने क्रममा नेता नेपालले कोरोनाको तेश्रो भेरियन्ट आउन लागेकोले सबैलाई सचेत हुन आग्रह समेत गरे । 

कोरोनाले अर्थतन्त्र ठप्प पारेको, जनजीवन ठप्प पारेको बताउँदै नेता नेपालले रोग र भोकले जनता ग्रसित भएको उल्लेख गरे ।  उनले भने– ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष रुपमा भन्न चाहन्छु, तपाईले सबैलाई खोप दिने घोषणा गर्नुभएको छ । तर घोषणा  गरे मात्र आनन्दित नबन्नुहोस् । उनले ठूला ठूला कुरा गर्ने तर कार्यान्वन नगर्ने नेताहरुको बानी बिग्रिएको उल्लेख गरे । बचन दिने तर पूरा नगर्ने नेताहरुको प्रवृति रहेको भन्दै उनले प्रधानमन्त्री देउवाबाट त्यो नदोहोरियोस् भन्दै सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप