कर्णालीमा पुससम्म लोकसेवा आयोगको विज्ञापन गर्ने तयारी
प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै उपाध्यायले यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने बताएका हुन् । उनले भने, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यहि आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ उनले भने, ‘आन्तरिक तयारी भइरहेको छ । ऐन पारित हुन सकिरहेको छैन ।’ उनकाअनुसार लोकसेवा आयोग ऐन संशोधनका लागि प्रदेशसभामा पठाइएको छ । ‘पहिलाको ऐनमा सानो कुराको पनि अनर्थ लाग्ने कुराहरु देखियो । त्यसलाई सच्याउनका लागि हामीले प्रदेशसभामा ऐन पठाएका थियौँ । तर, अहिले सम्म पारित हुन सकेको छैन्’ अध्यक्ष उपाध्यायले भने ।
राजनीतिक किचलोका कारण प्रतिपक्षको अवरोधका कारण प्रदेशसभा नबस्ने भएपछि अध्यादेशबाट भएपनि ल्याइदिनुपर्यो भनेर आफुहरुले मुख्यमन्त्रीलाई भनेको तर, अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए । अहिले कर्णालीमा कति दरबन्दी खाली छ भन्ने तथ्याङ्क संकलनको काम करिब ५० प्रतिशतमा पुगेको उपाध्यायले बताए ।
अन्य प्रदेशमा लोकसेवा आयोग गठन गरेर विज्ञापन आह्वान गरी आफ्नो प्रदेशमा कर्मचारी अभाव टार्ने काम भइसक्यो । कर्णालीमा भने लोकसेवा आयोगले पूर्णता पाएपनि विज्ञापन आह्वान गर्ने काम हुन सकिरहेको छैन् । गत फागुन महिनामा प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको थियो । अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका थिए भने सदस्यमा वसन्ती शाही र भक्तबहादुर खड्का नियुक्त भएका थिए । तर, अहिले सम्म प्रदेश लोकसेवा आयोगले अधिकारलाई समुचित प्रयोग गर्दै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई अगाडी बढाउन सकिरहेको छैन् ।
प्रदेश लोकसेवा आयोग कार्यालयका शाखा अधिकृत प्रेम आचार्यले लोकसेवा आयोगले आन्तरिक तयारी थालिरहेको बताए । प्रदेश लोकसेवा आयोग ऐन पास भैनसकेकाले केही काम गर्न अवरोध पनि भएको उनले बताए ।
उनले भने, ‘भर्ना प्रणालीको सफ्टवेयर तयार भएको छ । कुन स्थानीय तहका कति दरबन्दी रिक्त भन्ने विवरण संकलन गर्ने काम अघि बढिसकेको छ ।’
उनका अनुसार अहिलेसम्म ७९ वटा स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको विवरण आइसकेको छ । विवरण आएका स्थानीय तहहरुमा धेरैजसो प्राविधिक जनशक्ति रिक्त रहेको देखिन्छ’ उनले भने ।
प्राविधिक कर्मचारीको अभाव बढी : प्रदेश सरकार
प्रदेश सरकारका अनुसार कर्णालीमा माथिल्लो तहका कर्मचारी र प्राविधिक कर्मचारीको अभाव बढी छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार कर्णालीमा एक सय ६८ वठा सङ्गठन संरचना र झण्डै २ हजार ६ सय बढी कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।
यद्यपि, स्वीकृत दरबन्दीमध्ये झण्डै ८ सय भन्दा बढी दरबन्दी रिक्त रहेको प्रमुख सचिव गणेशप्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन