शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा २ लाख नगदसहित ९ जुवाडे पक्राउ

शनिबार, १६ साउन २०७८, १७ : ४६
शनिबार, १६ साउन २०७८

रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलको कोठा नम्बर ३०१ मा उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुबाट नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ, ४ सय १२ पत्ती तास र वाइल्ड किंग लेखिएको सिलप्याक तास बुक ८ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप