आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ३१०६ जना कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

शनिबार, १६ साउन २०७८, १७ : ०९
शनिबार, १६ साउन २०७८

पछिल्लो २४ घण्टामा ३१०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणपछि ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार चौबिस घण्टाभित्र निको हुनेको संख्या १९१६ रहेको छ भने २३ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ९५ हजार ३ सय ८९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६१ ह्जार ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप