शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण  पत्र

शनिबार, १६ साउन २०७८, १६ : ५३
शनिबार, १६ साउन २०७८

लुम्बिनी प्रदेशमा शङ्कर पोखरेलको नेतृत्वमा रहेको सरकार अल्पमत रहेको भन्दै  विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  हिजो  प्रदेश प्रमुख भएर बुटवल आएका  शेरचनलाई आज स्वागत गर्न पुगेको विपक्षीहरु दलहरू नेपाली काँग्रेस , माओवादी  जसपा र जनमोर्चाका सांसदहरू  सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  

प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले  बुझाएको  ध्यानाकर्षण पत्रमा  वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः  विश्वासको मत लिनु पर्नेमा  सामान्य संवैधानिक प्रक्रिया पुरा नगरी सरकार चलाएको उल्लेख छ । यस्तै वैशाख १९ गते सांसद  प्रस्तुत  अविश्वासको प्रस्ताव  सामना नगरी हठात् संसद् अधिवेशन अन्त्य  गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको नेपाली काँग्रेस संसदीय दल नेता वीरेन्द्र कनौडियाले बताए । उनले  संविधानको १६८ ( १) अनुसार  तीन जना प्रदेश सभा सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लगाए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि संसद् चलिरहेका वेला हतार अन्त्य  गरेर अध्यादेशबाट लिएको मुख्यमन्त्रीले  गलत काम गरेको बताए । प्रदेश प्रमुखले  संविधानको  र  कानुनी मर्म अनुसार  प्रक्रिया थाल्नका लागि विपक्षी गठबन्धन दलहरूले अनुरोध गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानैडिया , माओवादी  संसदीय नेता कुल प्रसाद  केसी ,जनता समाजवादी पार्टी नेपाल  संसदीय दल नेता संहसराम यादव  र राष्ट्रिय जनमोर्चाकी तारा जिसी सहित विपक्षी दलका प्रदेश सभा सदस्यहरू प्रमुख  प्रमुखको  पुगेर ध्यानाकर्षण पत्र बुझाएको छन् ।  लुम्बिनी प्रदेशमा विपक्षी दलहरू आफूसँग बहुमत रहेको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप