भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग
नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ । शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी नेपाल सरकारका तर्फबाट भारतीय दूतावासलाई घटना स्पष्टीकरण लिन माग गरेको हो ।
संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेको छ ।
सो घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भारतीय सत्तापक्ष र सुरक्षाफौजले पटक पटक गर्दै आएको यस प्रकारको ज्यादतीले छिमेकी मुलुकहरूसँगको सम्बन्ध खस्किँदै गएको दाबी गरिएको छ । विज्ञप्तिमा यो खालका हस्तक्षेप र अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलूक एवम् नागरिकहरुप्रति समानताको व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्बद्ध सबैसँग जोडदार माग समेत गरिएको छ ।
शुक्रबार बिहान साढे ८ बजे दार्चुलाको व्यास गाउँपालिका, वडा नं। २ स्थित मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएको बताइएको छ । त्यसपछि उनी महाकाली नदीमा डुबेर बेपत्ता भएको समाचार आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र