शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग

शनिबार, १६ साउन २०७८, १६ : ०४
शनिबार, १६ साउन २०७८

नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ । शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी नेपाल सरकारका तर्फबाट भारतीय दूतावासलाई घटना स्पष्टीकरण लिन माग गरेको हो ।

संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेको छ ।

सो घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भारतीय सत्तापक्ष र सुरक्षाफौजले पटक पटक गर्दै आएको यस प्रकारको ज्यादतीले छिमेकी मुलुकहरूसँगको सम्बन्ध खस्किँदै गएको दाबी गरिएको छ । विज्ञप्तिमा यो खालका हस्तक्षेप र अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलूक एवम् नागरिकहरुप्रति समानताको व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्बद्ध सबैसँग जोडदार माग समेत गरिएको छ । 

शुक्रबार बिहान साढे ८ बजे दार्चुलाको व्यास गाउँपालिका, वडा नं। २ स्थित मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएको बताइएको छ । त्यसपछि उनी  महाकाली नदीमा डुबेर बेपत्ता भएको समाचार आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप