मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

शनिबार, १६ साउन २०७८, १४ : ३८
शनिबार, १६ साउन २०७८

कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिए । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप