अफगानिस्तानस्थित राष्ट्रसंघको कार्यालयमा हमला, एक जनाको मृत्यु

person explore access_timeसाउन १६, २०७८ chat_bubble_outline0

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला भएको छ । यस हमलामा एक पुलिसको मृत्यु भयो भने अन्य केही अधिकारी घाइते भए । यद्यपि, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघ सहायता मिसनले यस हमलामा संलग्न संस्थाको नाम भने खुलाएको छैन । संयुक्त राष्ट्रसंघ सहायता मिसनका अनुसार अफगानिस्तानको हेरातमा सरकारविरोधी तत्वले संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला गरेका हुन् ।

पछिल्लो समय अफगानिस्तानमा तालिवानसहितका अतिवादी संगठनहरुले निरन्तर हिंसा मच्चाइरहेका छन् । तालिवान लडाकुहरुले अफगानिस्तानका २० वटा प्रान्तमा मोर्चा सञ्चालन गरिरहेका छन् । उनीहरुले धेरै गाउँहरु कब्जामा लिइसकेका छन्, जसकारण काबुलपछिको दोस्रो ठूलो शहर कन्दहरमा शरण लिन आउनेहरुको संख्या निकै बढेको छ । तालिवानीहरुले यो शहरमा छिर्नका लागि पनि धेरै प्रयास गरिसकेका छन् । तर, उनीहरु सफल हुन सकेनन् । 
टेलो न्युजका अनुसार फरयाब प्रान्तको मैमान शहरमा केही दर्जन रकेटमा तालिवानले निशाना मारेको छ, यसमा धेरै आम नागरिकहरु मारिएका छन् । अफगान रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनका अनुसार यहाँ सेनाले लगातार तालिवानविरुद्ध हवाई र जमिनी हमला गरिरहेको छ । जबकी हेरात प्रान्तमा बिग्रँदो अवस्था देखेर अधिकारीहरुले राति नै कर्फ्यु लगाइदिएका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X