शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लगातार दुईवटा सेमिफाइनल हारेपछि जोकोभिचले भने, 'हरेक हिसाबले स्तब्ध छु'

शनिबार, १६ साउन २०७८, १२ : ४१
शनिबार, १६ साउन २०७८

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच ओलम्पिकमा लगातार दुईवटा सेमिफाइनल हारेपछि स्तब्ध भएका छन् । पुरुष  एकल तर्फ उनलाई जर्मनीका अलेस्यान्द्रर जेबरेबले १–६, ६–३ र ६–१ ले हराए । त्यसैगरी, निना स्टोजानोभिक र जोकोभिचको जोडी मिक्स डबल्सतर्फ रुसका अस्लान अस्लन कारात्सेभ र एलेना भेस्निानाको जोडीसँग ७–६ र ७–५ ले पराजित भयो ।

दुईवटा सेमिफाइनल गुमाउनु पक्कै पनि विश्व नम्बर एकका लागि दुखद् हुन्छ । विशेषगरी नयाँ इतिहास बनाउने अवसरबाट उनी चुकेका छन् । यस वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र बिम्बल्डन जितिसकेका जोकोभिचको लक्ष्य ओलम्पिक स्वर्ण र केही समयपछि आयोजना हुने युएस ओपन समेत जित्ने थियो । 

तर, एकै वर्ष चार ग्रान्ड स्लाम र ओलम्पिक स्वर्ण जित्ने कीर्तिमान बनाउन उनी असफल भए । अब, अगस्टको अन्त्यमा हुने युएस ओपनमा जोकोभिचको नजर हुनेछ । यस प्रतियोगिताको उपाधि जित्न सके उनले एकै वर्ष चारवटा ग्रान्ड स्लाम जित्ने कीर्तिमान राख्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप