मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ८ बजेबाट करिब आधा घण्टा छलफल भएको हो ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषय छलफल भएको थियो ।
गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । काँग्रेस र माओवादीबाट २–२ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार हाँकिराखेको अवस्था छ । २५ सदस्यीय मन्त्रिपरिषदमा १९ मन्त्री नियुक्त गर्न बाँकी छ ।
काँग्रेस, माओवादी, जसपा, माधव नेपाल समूह र जनमोर्चा सम्मिलित गठबन्धनबाट देउवालाई मन्त्री छान्न सकस परेको छ । यद्यपि जनमोर्चाले सरकारमा नजाने नीति लिएको छ भने नेपाल समूहले पनि ठोस निर्णय गरिसकेको अवस्था छैन ।
काँग्रेस, माओवादी र जसपा भने मन्त्री बन्न हानथाप चलिरहेको छ । देउवाले सरकार बहुमतमा रहिरहने गरी मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहेको देखिन्छ । उक्त विषयमा आज विहान देउवा र प्रचण्डबीच पनि छलफल भएको थियो ।
आइतबारसम्म नेपाल समूहबाट सरकारका सन्दर्भमा निर्णय आउने प्रचण्डको भनाइ थियो । जतिसक्दो चाडो मन्त्रिपरिषद विस्तार गर्ने विषयमा देउवा र प्रचण्ड दुबै सहमत रहेको भानुले बताए ।
देउवाले माधव नेपाल पक्षलाई पनि सरकार समेट्ने गरी जाने परिस्थिति निर्माण गर्न प्रचण्डलाई भनेका थिए । प्रचण्डले त्यसका लागि नेता नेपालसँग संवाद भइरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण