सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रकाशमानको माग
सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिड शिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनु पर्नेमा जोड दिए ।
“जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईले आवाज उठाई दिनु प¥यो भन्छन । जनताका ती जायज माग हुन्,” उनले भने, “सरकारले कोभिड शिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनु पर्दछ ।”
नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पु¥याउन सरकारले प्राथमिकता दिएपनि सोही अनुसारको काम गर्न नसकेको गुनासो समेत गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे ।
“प्रधानमन्त्रीज्यूले संसदमा समेत आफनो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ । अव त्यही अनुसारको कदम चाल्नु प¥यो नि । कामबाटै उहाँले गर्नु भएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली