पाँच बालकको भारतबाट उद्धार
भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ ।
विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ ।
शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए।
उद्धार गरिएका सबैलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले आफूहरु २०५६ सालमा घुम्नका लागि भारत गएका बेला आफूहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालस्थित जलपाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् ।
विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकडभिट्टा तथा भद्रपुरस्थित सीमानाकामा रहेर चेलबेटी बेचबिखन तथा बालअधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुई दलीय व्यवस्थाको कुरा गर्नेहरू दुष्ट मतिका हुन्’
-
अब म मुक्कुमलुङ जान्छु : महतो
-
विलियमसनको शतकसामु खेर गयो ब्रिट्ज्केको कीर्तिमानी शतक
-
त्रिविकै नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर