शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने

शनिबार, १६ साउन २०७८, ०७ : ०६
शनिबार, १६ साउन २०७८

स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयले  बालबालिकाहरूका  लागि  भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८०  भेन्टिलेटरसहित  २५०  बेड  आईसीयू  थप्ने  जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई  बालबालिकाहरूका  लागि  छुट्टै  २०  प्रतिशत  बेड  तयारी  अवस्थामा  राख्न  यसअघि  नै  निर्देशन  दिइसकेको  छ  ।  डा.  पौडेलले  देशभर  हाई  डिपेन्डेन्सी  युनिट  (एचडीयू)  बेड  पनि  विस्तार  गर्न  लागेको जानकारी दिए । 

उनले देशभर थप एक हजार चार सय एचडीयू बेड  विस्तार  गर्न  लागिएको  बताए  ।    हाल  देशभरका  सरकारी  अस्पतालहरूमा  दुई  हजार  ७५  र  निजी  क्षेत्रका  अस्पतालमा  ७७८  एचडीयू  बेड  सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९०४ पु¥याइएको र  १८० थप्न लागिएको जानकारी दिए । कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले पाँच हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिए । 

यस्तै तीन हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा  रहेको  जानकारी  गराए ।  डा.  पौडेलले  छ हजार ३७७ अक्सिजन सिलिन्डर थप गरिएको बताए । यस्तै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा  अक्सिजन  ट्याङ्क  थप  गर्ने  योजनाअन्तर्गत  दुईवटाको कार्य सम्पन्न गरिएको बताए । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप