मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा : स्वास्थ्य राज्यमन्त्री

शुक्रबार, १५ साउन २०७८, २३ : २७
शुक्रबार, १५ साउन २०७८

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताएका छन् । रोटरी क्लब अफ काष्ठमण्डपले  गरेको सम्मान कार्यक्रममा उनले भने, ‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढ करोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ ।’ 

श्रेष्ठले सरकारसँग अहिले ७ लाख खोप मौज्दात बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको बताए ।  श्रेष्ठले  निजी क्षेत्र, सेवा प्रदायक संस्था तथा स्वयम्सेवी संस्था, विद्यार्थी, शिक्षकलाई परिचालन गरेर खोपको ब्यवस्थापन गर्ने बचन दिए । उनले भने, ‘खोप लगाउन भन्दा पनि खोप लगाउने मानिसहरुको दर्ता गर्ने काम ढिलो हुने रहेछ । अब दर्ता प्रक्रियालाई कसरी सजिलो बनाउने भनेर हामी लागिपरेका छौँ । ठूलो चौर भएको विद्यालयमा खोप लगाउने व्यवस्था गर्छौं ।’  

उनले १२ बर्ष भन्दा माथिका सबै नेपालीलाई ५ करोड ५० लाख डोज खोप किन्ने सरकारको योजना रहेको पनि बताए ।  सो क्लबका पूर्व अध्यक्ष रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, जलविद्युत उत्पादन, बैंकिङ, कृषि लगायतका क्षेत्रमा ठूलो सफलता हासिल गरेको भन्दै क्लबका अध्यक्ष पूर्वरथी नेपाल भुषण चन्दले सम्मान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप