मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

उपप्रमुख खड्गीको संयोजकत्वमा यातायात सञ्चालनसम्बन्धी कार्यदल गठन

शुक्रबार, १५ साउन २०७८, २३ : १९
शुक्रबार, १५ साउन २०७८

काठमाडौँ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा पाँच सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदल’ गठन भएको छ । कामपाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको ६५ औँ कार्यपालिका बैठकले उक्त कार्यदल गठन गरेको हो । 

उक्त समितिका सदस्यमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा रहेका छन् । समितिलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसहितका सरोकारवाला निकायसँग छलफल गरेर सुझाव दिन सात दिनको समय दिइएको छ । 

खुल्ला मञ्चबाट बसपार्क हटाएर गत वैशाख १६ पछि महानगरले सिटी यातायातलाई ‘पिक एण्ड ड्रप’ गर्न र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न भनेको थियो । महानगरले यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दूरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म पूर्ववत् यातायात सञ्चालन गर्न माग हुँदै आएको थियो । 

उक्त स्थानमा फेरी यातायात फर्काउन नसकिने भएपछि मध्यम दुरीका यातायातका लागि विकल्प अध्ययन गर्न कार्यदल गठन गरिएको बताइएको छ । बैठकमा कामपा राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले ठूला २३ करदाताको नाम सार्वजनिक भएको र सम्पर्कमा नआए शिलबन्दीको तयारी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप