मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काष्ठमण्डपको मूल गजुर भित्र्याइयो

शुक्रबार, १५ साउन २०७८, २३ : ००
शुक्रबार, १५ साउन २०७८

ऐतिहासिक काष्ठमण्डप मन्दिरको मूल गजुर भित्र्याइएको छ । काष्ठमण्डप पुनः निर्माणका क्रममा धुरीमा राखिने गजुर बिहीबार एक धार्मिक कार्यक्रमबीच भित्र्याइएको हो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुर काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा.यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरेका 

सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् । यसलाई तामाको पाताले लेपन गरेर धुरीमा स्थापना गरिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । अध्यक्ष शाक्यका अनुसार यही साउन महिनाभित्रै गजुरलाई काष्ठमण्डपमा स्थापना गरिनेछ । “काम सकिने चरणमा पुगेको छ”, उनले भने, “यसलाई धुरीमा स्थापना गरेपछि काष्ठमण्डप पुनःनिर्माण सम्पन्न हुनेछ ।” विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौं शताब्दीमा निर्माण गरिएको यस सम्पदा पुनःनिर्माणको लागि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गरेको छ । 

पुनःनिर्माणको काम समितिले २०७५ को वैशाखदेखि शुरु गरेको हो । निर्माणको लागि कामपाले हालसम्मममा रु ११ करोड ५० लाख दिइसकेको छ । गजुर छानोमा राख्नुअघि विधिवत्रूपमा पुनः एक दिनको पूजा कर्म बाँकी छ । उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप