सुर्खेतमा आठ दिन थपियो निषेधाज्ञा

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको सङ्क्रमण दर पुनः बढ्न थालेपछि यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३०)ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज राति १२ बजेदेखि लागू हुने निषेधाज्ञालाई निरन्तरता दिनुभएको हो । पछिल्लोपटक यही साउन २२ गते राति १२ बजेसम्म (आठ दिन) का लागि निषेधाज्ञा थप गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्यहरु, बैंक तथा वित्तीय संस्थाहरुलाई निर्वाध सञ्चालन गर्न सकिने छ । तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म, खाद्यान्न पसल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरिएको छ ।

 सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सजाय हुने उल्लेख गरिएको छ । 

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्प्रेरित गर्नुपर्ने, विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा पुजारीले नित्य कर्मबाहेक सामूहिक पूजा पाठ, मेला महोत्सव नगर्न प्रशासनले अपिल गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।